बढुवा भएका १७ डीआईजीको पदस्थापन, प्रदेशदेखि ब्यूरोसम्म कमाण्डको जिम्मेवारी

प्रहरी प्रधान कार्यालयले बढुवा भएका १७ डीआईजीहरूको पदस्थापन गरेको छ। जसमध्ये ७ जनाले प्रहरी ईकाइको नेतृत्व गर्ने अवसर पाएका छन् ।

डीआईजी अशोक सिंह विशेष ब्युरो, श्यामलाल ज्ञवाली साईबर ब्युरो र किरण बज्राचार्यलाई बाग्मती प्रदेशको जिम्मेवारी दिइएको छ।

यस्तै रामदत्त जोशीलाई गण्डकी र पोषराज पोखरेलले कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।

काठमाडौं प्रहरी प्रमुख रहेका सुदीप गिरीलाई प्रदेश १ र टेकबहादुर तामाङ अख्तियार दुरूपयोग अनुसन्धान आयोगस्थित प्रहरी महाशाखा प्रमुख भएका छन् ।

८ असारमा बढुवा सिफारिस भएका १७ जना एसएसपीले आईतबार डीआईजीकाे दर्ज्यानी चिन्ह लगाएका हुन्।

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर