जसपाबाट मन्त्रीमा सिफारिस भएका यी हुन् तीन नेता

जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रहेका आफ्ना तीन मन्त्रीहरुलाई फिर्ता बोलाएको छ ।

आइतबार पार्टीका वरिष्ठ नेताहरुसँग छलफलपछि जसपा अध्यक्ष उपेन्द्र यादवले तीन मन्त्रीलाई फिर्ता बोलाएका हुन् । फिर्ता हुनेमा कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादव छन् ।

जसपाबाटै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका राजेन्द्र श्रेष्ठलाई भने फिर्ता बोलाइएको छैन । यस्तै, जसपाले तीन जना नयाँ मन्त्रीको नाम पनि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको छ । नयाँ मन्त्रीको रुपमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र राष्ट्रिय सभा सदस्य सिंहलाई कृषि मन्त्रीको रुपमा सिफारिस गरिएको छ ।

जसपामा अहिले अध्यक्ष यादव र अर्को नेता डा. बाबुराम भट्टराईबीच अन्तरविरोध चलिरहेको छ । यसका कारण पार्टी नै विभाजनोन्मुख रहेको छ । फिर्ता बोलाइएकोमध्ये महिन्द्र राय भट्टराई पक्षकै हुन् । असन्तुष्ट अन्य सांसदलाई मन्त्री बनाउन रेणु यादव र रामसहायलाई पनि फिर्ता बोलाइएको जसपा स्रोतको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *