रुपन्देहीबाट कटुवा पेस्तोलसहित तीन भारतीय पक्राउ

रुपन्देहीबाट कटुवा पेस्तोलसहित तीन भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्लाका ३४ वर्षीय चिनक भनिने मेदि हुसेन, ५१ वर्षीय अकबर खान र ५५ वर्षीय आसिक अलि छन् ।

इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरीक्षक युवराज जंग कार्कीको कमाण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले आइतबार राति लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बाट उनीहरुलाई पक्राउ गरेको हो ।

यूपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकलको शंका लागि पिछा गर्दै जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई गोरुलाई ठक्कर दिई दुर्घटना भएको थियो । प्रहरीले उनीहरुको खानतलासी गर्दा हुसेनको दाहिने कम्मरपेटि बाट कालो प्लास्टिकको झोलाभित्र एउटा कटुवा पेस्तोल, केएफ ९ एमएम लेखिएको २ राउण्ड गोली र चक्कु १ थान फेला पारेको थियो । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *