मन्त्रिपरिषद् पुनर्गठन, नयाँ मन्त्रीहरुको सपथ आजै

जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका छन् । जसपाले तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ तीन नेतालाई मन्त्री बनाएको छ ।

आज नै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरी मन्त्री नियुक्त गरेका हुन् । जसपाका नयाँ मन्त्रीहरुमा मृगेन्द्रकुमार सिंह कृषि, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार र प्रदीप यादव वनमन्त्री नियुक्त भएका हुन् ।

जसपाले नेताहरु महिन्द्र राय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएको हो । नयाँ मन्त्रीहरुको आज नै सपथ हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर