
हिन्दूको सुरक्षाको माग गर्दै संयुक्त राष्ट्रसंघलाई ज्ञापनपत्र

राष्ट्रिय एकता अभियानले पाकिस्तान र बङ्गलादेशका अल्पसंख्यक हिन्दूहरूको सुरक्षाको माग गरेको छ । अभियानका अध्यक्ष विनय यादवले संयुक्त राष्ट्र संघलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।
सो ज्ञापनपत्र नेपालस्थित राष्ट्र संघ कार्यालयका सूचना अधिकारी राजेन्द्रमान नेपालीले बुझेका थिए । बङ्गलादेशको नाराइल सदर उपजिल्ला स्थित मिर्जापुर यूनाइटेड कलेजका प्रिन्सिपललाई हिन्दू भएकै कारण जुत्ताको माला लगाइएको घटनापछि सो माग गरिएको अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले बताएका छन् ।
‘कलेजका एक छात्रले भाजपा नेत्री नूपुर शर्माको फोटो फेसबुकमा पोस्ट गरेपछि केही मुस्लिम छात्रहरूले पोस्ट डिलिट गर्न डर धम्की दिएका थिए,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यसमा प्रिन्सिपललाई छात्रको पक्ष लिएको भन्दै १७ जुन २०२२ मा जुत्ताको माला लगाए ।’
दुवै देशमा यस्ता घटना बेलाबेलामा देखिएकाले हिन्दूहरुको सुरक्षाका लागि राष्ट्र संघले कदम चाल्नुपर्ने यादवको भनाइ छ ।
प्रतिक्रिया