अमेरिका भ्रमण सकेर प्रधानसेनापति स्वदेश फिर्ता

प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमण सकेर आइतबार स्वदेश फिर्ता भएका छन् ।

प्रधानसेनापति शर्मा ४ असारमा लेबनान, सिरिया हुँदै अमेरिका भ्रमणमा गएका थिए । असार ८ सम्म लेबनान र त्यसपछि १३ सम्म सिरियामा खटिएका नेपाली शान्ति सैनिकहरुको क्षेत्रमा भ्रमण गरेका उनी त्यसपछि अमेरिका गएका थिए ।

अमेरिका भ्रमणको क्रममा प्रधानसेनापति नेतृत्वको टोलीले अमेरिकी सरकार तथा सेनाका उच्च अधिकारी, संयुक्त राष्ट्रसंघका उच्च पदाधिकारीसँग भेटवार्ता गरेका थिए ।

भ्रमणले द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ खट्टिएका नेपाली शान्ति सैनिकहरुको भूमिका तथा हौसलामा अभिवृद्धि हुनुका साथै यूएन मिसन हरुको गुणात्मक एवं व्यवस्थापकीय पक्षहरु सबल बनाउन तथा भावी योजना तर्जुमा गर्न उल्लेख्य सहयोग पुग्ने सेनाले जनाएको छ ।

यस्तै, अमेरिकाको भ्रमणबाट नेपाली सेना र अमेरिकी सेनाबीच विगतदेखि रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध सुदृढ हुनुका साथै दुई पक्षीय हित एवं पारस्परिक सम्बन्धलाई सुमधुर बनाउन महत्वपूर्ण सावित हुने विश्वास पनि नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *