
आफैंलाई गोली हानेका भारतीय दूतावासका सुरक्षागार्डको मृत्यु

काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले आफैंलाई गोली हानेका छन् । आज बिहान आफैलाई गोली हानेका ती सुरक्षाकर्मीको मृत्यु भएको दूतावास स्रोतले जानकारी दिएको छ ।
मृत्यु हुनेमा दीपक सिंह नाम रहेका व्यक्ति छन् । उनी भारतीय नै हुन् । घटनाबारे जानकारी दिएको र भारतीय पक्षले आफैं छानबिन गर्ने जनाएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
मृतकको शव पोर्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । कुनै पनि देशको राजदूतावास वा महावाणिज्यदूतावासभित्र उनीहरूकै देशको कानुन लागू हुन्छ ।
- पाकिस्तानका लागि नेपाली राजदूत अधिकारी र पाकिस्तानकी राष्ट्रिय सभा सदस्य आलमबीच भेटवार्ता
- नक्कली सर्टिफिकेट पेस गरेर सबइन्जिनियरको जागिर खाने रामबाबु यादवविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती कर्मचारीको प्रत्येक ५ वर्षमा एक तह बढुवासहित तहगत व्यवस्थाको माग
- सशस्त्रद्वारा ट्रकमा लुकाएर भारत लैजान लागेको १४३ किलो गाँजा बरामद
प्रतिक्रिया