काठमाडौं उपत्यकाबाट प्रदेश प्रहरी हटाउने कुरा संविधान प्रतिकूल छः रेखा शर्मा

नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले प्रदेश प्रहरीलाई अनुसन्धान र सुरक्षाको कामको जिम्मा दिने बित्तिकै सुरक्षा संवेदनशीलतामा दखल हुन्छ भन्नु गलत रहेको बताएकी छिन् ।

सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी छिन् ।

उनले काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा प्रदेश प्रहरी नराख्ने गरी ल्याइएको संशोधन विधेयकमा सहमति जनाउने आधार नरहेको बताइन् ।

उनले केन्द्रीय सरकारले प्रदेश सरकारलाई संघीयताको आधारमा अधिकार दिन वञ्चित गर्दै जाने हो भने प्रदेश प्रहरी र संघीयताकै अर्थ नरहेको जिकिर गरिन् । सांसद शर्माले काठमाडौं उपत्यकाबाट नै प्रदेश प्रहरी हटाउने गरेर संशोधित विधेयक आएको भन्दै यसमा व्यापक छलफल हुनुपर्ने बताइन् ।

सांसद शर्माले काठमाडौं उपत्यकाका तीन जिल्लाबाट नै प्रदेश प्रहरी हटाउने कुरा संविधान प्रतिकूल हुने बताइन् ।

त्यस्तै नेकपा एमालेका सांसद नारायण खतिवडाले प्रदेश प्रहरीको संशोधित ऐनले प्रदेश प्रहरीलाई सक्षम बनाउन नसक्ने बताएका छन् ।

सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद खतिवडाले प्रदेश प्रहरीको अधिकारको बारेमा ऐन जारी गरिरहँदा प्रदेश प्रहरीकै अधिकार खोसिएको जस्तो स्थिति देखिएको बताए ।

सांसद खतिवडाले सानो गाउँबस्तीमा र मात्रै कम जनसंख्या भएको ठाउँमा मात्रै प्रदेश प्रहरीले हेर्नसक्छ भन्ने संकुचित सोच राख्न नहुनेतर्फ सचेत गराए ।

उनले संशोधित प्रदेश प्रहरी विधेयकले ठूलो र घनाबस्ती भएको ठाउँमा प्रदेश प्रहरीलाई सक्षमता प्रदान गर्दै छैनौँ कि भन्ने प्रश्न खडा भएको बताए ।

सांसद खतिवडाले ठूला शहरमा प्रदेश प्रहरीको क्षमता विस्तार गर्न आवश्यक रहेको भन्दै प्रदेश प्रहरीलाई खण्डखण्डमा अधिकार दिनुको सट्टा यसको क्षमता वृद्धि गरेर आफ्नो कार्य क्षेत्रभित्र पर्ने भूगोललाई हेर्नसक्ने बनाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर