
नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्छः झपट रावल

नेकपा एमालेका सांसद झपटबहादुर रावलले नेपाल प्रहरीलाई नै अध्यागमनको अधिकार दिनुपर्ने बताएका छन् ।
सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अध्यगमनको कुरा राज्यको राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकोले यसको जिम्मेवारी नेपाल प्रहरीलाई नै दिनुपर्ने बताए ।
सांसद रावलले अध्यगमनको बारेमा हतारमा निर्णय लिनुभन्दा यसलाई गम्भीरताका साथ छलफल गरेर मात्रै विधेयक र नीति निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताए । उनले अध्यागमनको जिम्मेवारी निजामति कर्मचारीलाई दिने कुरामा सहमत हुन नसक्ने बताए ।
‘अध्यागमन निजामति कर्मचारीलाई भन्दापनि नेपाल प्रहरीलाई नै यो सबै जिम्मेवारी दिनुपर्छ । यो राज्यको राष्ट्रिय सुरक्षासँग जोडिएको विषय हो । त्यसैले यसलाई हामीले गम्भीरताका साथ लिनुपर्छ । अध्यागमन भनेको आफैँमा सुरक्षा हो । अध्यागमनलाई नेपाल प्रहरी वा अन्य सुरक्षा निकाय अन्तर्गत राख्ने गरेर जानुपर्छ,’ रावलले भने ।
- राजेन्द्र लिङ्देनको व्यंग्य- वैशाख १५-२० तिर फेरि विश्वासको मत लिनुपर्ने दिन नआओस्
- राष्ट्रिय सहमितबारे एमालेलाई माओवादीको जवाफ- पहिलो ठूलो दल कांग्रेसलाई धरहराबाट हेर्नुपर्ने कि सगरमाथाबाट?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न- अर्कोचोटि विश्वासको मत लिने कार्यसूची कहिले छ?
- प्रधानमन्त्रीले वैदेशिक सम्बन्ध बिगार्नुभयो, विश्वासको मत दिँदैनाैं : ओली
प्रतिक्रिया