नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकम बढ्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ ।

अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९.७५ अङ्कले ओरालो लागेर २०७६.६७ मा ओर्लेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८९ अङ्कले ओरालो लागेर ३९५.९४ मा ओर्लेको छ ।

कूल २३४ कम्पनीको एक करोड नौ लाख ८१ हजार ५९१ कित्ता शेयर कारोबार भयो । आजको कूल कारोबार रु ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ बराबरको रह्यो । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ६१ अर्ब ८५ करोड ९१ लाख ८६ हजार २९० बराबर रहेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने नौ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । जीवन बीमा ५८.६८, सामूहिक लगानी कोष ०.०१, निर्जीवन बीमा ४८.०७ र व्यापार १४०.१५ अङ्कले उकालो लाग्यो । बैंकिङ १.९७, विकास बैंक ५२.९६, वित्त ६.३१, होटल तथा पर्यटन ४६.८९, जलविद्युत् १२.८५, लगानी ०.०५, उत्पादन ४५.३८, लघुवित्त ६१.२५ र अन्य उपसमूह २९.६९ अङ्कले ओरालो लाग्यो । कारोबार भएकामध्ये आज ७१ कम्पनीको शेयर मूल्य उकालो लाग्यो भने ११६ कम्पनीको ओरालो लागे । ६ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ५८ लाख ८३ हजार २७१ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु १६ करोड ९० लाख ५१ हजार ४२७, एशियन लाइफ इन्स्योरेन्स रु १२ करोड ९६ लाख ६७ हजार २१८, अरुण काबेली पावर रु ११ करोड ७८ लाख ८६ हजार ६५४ र माथिल्लो तामाकोशी रु ११ करोड ६७ लाख तीन हजार १२७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सिवाइसिएल नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । न्यादी ग्रुप पावर ९.९८, सामलिङ पावर कम्पनी ७.७०, साल्ट ट्रेडिङ कर्पोरेशन ६.८५ र विशाल बजार कम्पनीका लगानीकर्ताले ६.६७ प्रतिशतले कमाए । ग्लोबल आइएमई बैंकको ऋणपत्र ९.७५, युनियन हाइड्रोपावर ६.१८, ग्रीन लाइफ हाइड्रोपावर ६.०४, मैलुङ खोला जलविद्युत् कम्पनी ५.९३ र समटि लघुवित्तका लगानीकर्ताले ५.९१ प्रतिशतले गुमाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर