
सीसीटीभी फुटेज डिलिट गरेर अर्थमन्त्रीले ठूलै आर्थिक चलखेल गरे : प्रदीप ज्ञवाली


बजेट निर्माणको बेलाको सिसीटिभी फुटेज डिलिट गरेर अर्थमन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल गरेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले आरोप लगाएका छन् ।
उपमहासचिव ज्ञवालीले बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सीसीटिभी फुटेज डिलिट गराएर अर्को जघन्य अपराध गरेको उपमहासचिव ज्ञवालीको दाबी छ ।
सोमबार संसद भवन परिसरमा पत्रकारहरुमाझ उनले सो घटनाको सीसीटिभी फुटेज डिलिट भएको भनेर अर्थ मन्त्रालयले त्यसमा गम्भीर घोटाला भएको आफैंले पुष्टि गरेको जिकिरसमेत गरे ।
उपमहासचिव ज्ञवालीले सो घटना अक्षम्य अपराध भएको उल्लेख गर्दै त्यसमा संलग्न अर्थमन्त्री शर्मासहितलाई तत्काल छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने आफ्नो पार्टीको अडान रहेको पनि स्पष्ट पारे ।
उपमहासचिव ज्ञवालीले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर जघन्य अपराध गरेको सरकारले त्यसको प्रमाण नै नष्ट हुने गरी सिसीटिभी फुटेज पनि डिलिट गरेको बताए ।
- राजेन्द्र लिङ्देनको व्यंग्य- वैशाख १५-२० तिर फेरि विश्वासको मत लिनुपर्ने दिन नआओस्
- राष्ट्रिय सहमितबारे एमालेलाई माओवादीको जवाफ- पहिलो ठूलो दल कांग्रेसलाई धरहराबाट हेर्नुपर्ने कि सगरमाथाबाट?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न- अर्कोचोटि विश्वासको मत लिने कार्यसूची कहिले छ?
- प्रधानमन्त्रीले वैदेशिक सम्बन्ध बिगार्नुभयो, विश्वासको मत दिँदैनाैं : ओली
प्रतिक्रिया