माओवादी केन्द्रीय समितिको बैठक स्थगित

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको आजको बैठक स्थगित भएको छ। बैठकमा सदस्यहरुले पदाधिकारी चयनको विषय उठाएपछि त्यसविषयमा आन्तरिक तयारीका लागि मंगलबारका लागि निर्धारित बैठक स्थगित गरेको स्रोतले जनाएको छ।
बैठक बुधबार दिउँसो १ बजे बस्ने बताइएको छ ।

गत पुस महिनामा माओवादीको महाधिवेशन भएपनि हालसम्म पदाधिकारी चयन हुन सकेको छैन । महाधिवेशनले अध्यक्षमा भने पुन: पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचित गरेको थियो ।
मंगलबारको बैठकमा केन्द्रीय सदस्यहरुको उठाएको प्रश्नको जवाफ अध्यक्ष दाहालले दिने बताइएको थियो । आइतबारबाट कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा जारी बैठकमा दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुको प्रश्न उठाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर