
कांग्रेस पदाधिकारी बैठकमा देउवा नजाने

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार बस्ने कांग्रेस पदाधिकारी बैठकमा सहभागी नहुने भएका छन् ।
व्यस्तताका कारण देउवा बैठकमा उपस्थित हुन नसक्ने बताइएको छ । बैठकको नेतृत्व कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गर्नेछन् । कांग्रेस मंगलबार दिउँसो १ बजे बस्नेगरी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको छ ।
बैठकमा कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुंगो लगाउने, मुलुकको समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा आउँदो निर्वाचनको तयारीका विषयमा पनि छलफल हुने बताइएको छ ।
कांग्रेसले गएको स्थानीय तहको निर्वाचनको समीक्षा र विविध विषयमा छलफल गर्न यही असार २७ गते केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएको छ ।
- राष्ट्रिय सहमितबारे एमालेलाई माओवादीको जवाफ- पहिलो ठूलो दल कांग्रेसलाई धरहराबाट हेर्नुपर्ने कि सगरमाथाबाट?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न- अर्कोचोटि विश्वासको मत लिने कार्यसूची कहिले छ?
- प्रधानमन्त्रीले वैदेशिक सम्बन्ध बिगार्नुभयो, विश्वासको मत दिँदैनाैं : ओली
- नेपाल सबैभन्दा कम बचत गर्ने मुलुकमा पर्छ : गभर्नर अधिकारी
प्रतिक्रिया