गठबन्धनभित्रको समस्यालाई सामान्य रुपमा लिनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनभित्रको समस्यालाई सामान्य रुपमा लिनुुपर्ने बताएका छन् । आज काठमाडौंको अनावनगरमा नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाको सालिक अनावरणका क्रममा देउवाले यस्तो धारणा राखेका हुन् ।

उनले पार्टीमा त समस्या आउने जनाउँदै गठबन्धन उत्पन्न हुने समस्यालाई ठूलो रुपमा लिनुनपर्ने बताए । उनले अहिले गठबन्धन मिलाउनुपर्ने चुनौती रहेको पनि जनाए ।

कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनका दलहरुभित्र आपसी झगडा सुरु भएको गुनासो गरेपछि त्यसको जवाफमा प्रधानमन्त्री देउवाले थिए ।यसलाई सबैले सामान्य रुपमा लिनुपर्ने धारणा राखेका हुन् ।

‘पछि सभापति भएपछि थाहा पाउनुहुनेछ । आफ्नो पार्टी मिलाउनुपर्नेमा गठबन्धन मिलाउनुपर्ने अवस्था छ । साथीहरुले यसलाई बुझ्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर