
पियाली बनिन् अक्सिजनविनै सगरमाथा आरोहण गर्ने पहिलो भारतीय महिला

भारतको पश्चिम बंगालकी पियाली बासकले सगरमाथा आरोहण गरेकी छन् । यस क्रममा उनी अक्सिजनविनै सगरमाथा आरोहण गर्ने पहिलो भारतीय महिला बनेको भारतको संस्कृति मन्त्रालयले जनाएको छ ।
पियाली पश्चिम बंगालको चन्दरनागोरमा प्राथमिक विद्यालयको शिक्षिका हुन् । उनले सन् २०२१ मा पनि अक्सिजनविनै धौलागिरिको आरोहण गरेकी थिइन् । पियालीले गत मे महिनामा सगरमाथाको आरोहण गरेको भए पनि अहिले भारतीय मन्त्रालयले पुष्टि गरेको हो ।
सानो उमेरदेखि नै आरोहणमा रुचि भएकी पियालीले दार्जिलिङमा हिमालयन माउन्टेनियरिङ इन्स्टिच्युटमा गणितमा स्नातक गरेकी थिइन् । साथै नयाँ दिल्लीको इन्डियन माउन्टेनियरिङ फाउन्डेसन (आईएमएफ)मा पर्वतारोहण सम्बन्धी प्रशिक्षण लिएकी थिइन् ।
- पाकिस्तानका लागि नेपाली राजदूत अधिकारी र पाकिस्तानकी राष्ट्रिय सभा सदस्य आलमबीच भेटवार्ता
- नक्कली सर्टिफिकेट पेस गरेर सबइन्जिनियरको जागिर खाने रामबाबु यादवविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती कर्मचारीको प्रत्येक ५ वर्षमा एक तह बढुवासहित तहगत व्यवस्थाको माग
- सशस्त्रद्वारा ट्रकमा लुकाएर भारत लैजान लागेको १४३ किलो गाँजा बरामद
प्रतिक्रिया