सेनाका भलिबल खेलाडी थापा सुबेदारमा बढुवा

विभागीय टोली त्रिभुवन आर्मी क्लब तथा नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका लिबेरो (डिफेन्डर) ईश्वर थापा मगर नेपाली सेनाको सुवेदार पदमा बढुवा भएका छन् । आइतबार सहसेनानी तथा नेपाली सैनिक शारीरिक तथा खेलकुद केन्द्र लगनखेलका केन्द्रपति मुनाल बस्नेतले उनलाई सुबेदार पदको दर्ज्यानी चिह्न प्रदान गरे ।

२०६६ मा महेन्द्रनगरमा भएको इन्डो नेपाल प्रतियोगिताबाट आर्मीको टोलीबाट भलिबल खेल्न सुरु गरेको उनी त्यसयता आर्मीको नियमित सदस्य छन् । उनले आर्मीबाट दुई दर्जन बढी उपाधिसँगै व्यक्तिगत उपाधि पनि जितिसकेका छन् ।

तनहुँ जिल्ला व्यास नगरपालिका १ भादगाँउका ३६ वर्षीय थापा २०६५ मा अमल्दार पदबाट सेनामा भर्ना भएको थियो । गोरख दल गणमा रहेका उनी झन्डै ८ वर्षदेखि आर्मी तथा नेपाली राष्ट्रिय टोलीको सदस्य रहँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर