मादी हत्याकाण्ड : चार जनालाई आजीवन कैदको फैसला

संखुवासभाको मादी नगरपालिका–१ मा भएको एकै परिवारका ६ जनाको सामूहिक हत्याकाण्डका अभियुक्तमध्ये चारलाई आजीवन कारावासको फैसला सुनाइएको छ ।

जिल्ला अदालत संखुवासभाले सोमबार हत्यामा संलग्न चार जनालाई आजीवन कैद र प्रतिव्यक्ति दुई लाख रुपैयाँका दरले क्षतिपूर्ति तिराउने फैसला गरेको हो ।

हत्यामा संलग्न रहेको अभियोगमा ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, लोकबहादुर कार्की र उनका बुबा ४९ वर्षीय रणबहादुर कार्कीलाई अजीवन कैदको फैसला भएको हो । लोकबहादुरका भाइ १७ वर्षीय नरेश कार्कीलाई १६ वर्ष तीन महिना कैदको फैसला भएको छ ।

गत वर्ष भदौ २१ गते मादी नगरपालिका–१ उमलिङका एकै परिवारका ६ जनाको हत्या भएको थियो । ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर