लगानी बोर्डका सीईओ भट्ट र बीआईआईका सीईओ निकबीच भेटवार्ता

लगानी बोर्ड नेपालका सीईओ सुशील भट्ट र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई)का सीईओ निक ओ डोनोहाइबीच भेटवार्ता भएको छ । बेलायत भ्रमणमा रहेका सीईओ भट्टको टोलीले सीईओ निकसहितको टोलीसँग भेटघाट गरेको हो ।

भेटमा नेपालमा हरित संरचना र नवप्रवर्तनको क्षेत्रमा सहयोगबारे छलफल भएको नेपालस्थित ब्रिटिश दूतावासले जानकारी दिएको छ । दूतावासका अनुसार पछिल्लो ४ वर्षमा मात्र बीआईआईले नेपालमा १ सय मिलियन डलर लगानी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर