४६.०८ अंकले घट्यो नेप्से

मंगलबार नेप्से परिसूचकसँग कारोबार रकममा पनि गिरावट आएको छ ।

शेयर बजार मापक नेप्से परिसूचक मंगलबार ४६.०८ अंकले घटेर २०३०.५९ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इण्डेक्स ८.७१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२५ अंकले घटेको छ ।

मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ८६ लाख १३ हजार कित्ता शेयर २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

सोमबार नेप्से परिसूचक सामान्य अंकले गिरावट आए पनि कारोबार रकम ३ महिना यताकै उच्च भएको थियो । सोमबार ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

मंगलबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये व्यापार, अन्य, लगानी र वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

मंगलबार नेप्से परिसूचक ओरालो लागे पनि दुईवटा कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिवाईसी लघुवित्त र ङादी गु्रप पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यसैगरी आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । घलेम्दी हाइड्रोपावरका शेयरमूल्य ६.६० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा ३० करोडभन्दा बढी कारोबार गरेर सानिमा बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । अरुण काबेली हाइड्रोपावरको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर