एफबीआईको ‘मस्ट वान्टेड टप टेन’ सूचीमा ‘क्रिप्टोक्विन’ जसले ४ अर्ब अमेरिकी डलर ठगिन

‘क्रिप्टो क्विन’को रुपमा चिनिने रुजा इग्नातोभालाई अमेरिकाको संघीय जाँच एजेन्सी एफबीआईले ‘टप टेन मस्ट वान्टेड’ सूचीमा राखेको छ ।

४० वर्ष आसपासकी बुल्गेरियाली रुजामाथि ‘वानक्ववान’ नामबाट क्रिप्टोकरेन्सी स्क्याम सञ्चालन गरेको आरोपको कारण ‘मस्ट वान्टेड’ सूचीमा राखिएकाे हो ।

एफबीआईका अनुसन्धानकर्ताहरुले फरार रुजाले ‘वानक्वाइन’ स्क्याममार्फत ४ अर्ब अमेरिकी डलर ठगेको आरोप लगाएका छन् । सन् २०१७ मा अमेरिकाले पक्राउ पुर्जी जारी गरेदेखि वेपत्ता रहेकी रुजालाई अनुसन्धान अधिकारीहरु खोजि गरिरहेका छन् ।

सन् २०१४ मा ‘वानक्ववाइन’ नामको क्रिप्टोकरेन्सी ल्याएको भन्दै रुजाले धेरै भन्दा धेरै व्यक्तिलाई ‘वानक्ववाइन’ बेच्नेलाई कमिसन दिँने गरेकी थिइन् ।

तर एफबीआईका अधिकारीहरुले भने अन्य क्रिप्टोकरेन्सीले जस्तो ‘ब्लकचेन टेक्नोलोजी’ले ‘वानक्वाइन’लाई सुरक्षित नगरेको कारण त्यसको कुनै मूल्य नभएको बताएका छन् ।

अमेरिकाका संघीय अभियोजकर्ताहरुका अनुसार ‘क्रिप्टोकरेन्सी’ आवरणमा उनले ‘नेटवर्किङ स्क्याम’ सञ्चालन गर्दे आएको आरोप लगाएको छ ।

क्रिप्टोकरेन्सीको विषयले आममानिस माझ आफ्नो स्थान बनाउँदै गर्दा उनले वानक्वाइन मार्फत मानिसलाई झुक्याउन सफल भएकी थिइन् ।  कतिपयले त्यसलाई करिब २ शताब्दीअघिको ‘क्यालिफोर्निया गोल्डरस’ सँग समेत तुलना गरेका छन् । १८४८ देखि १८५२ सम्म क्यालिफोर्नियामा सुनको खानी खोज्नका लागि अमेरिका तथा विदेशबाट हजारौ मानिस लाखौं खर्च गरेर पुगेका थिए । त्याे एउटा ठगी थियाे । जसलाई पछि ‘क्यालिफोर्निया गोल्डरस’  नाम दिइयाे ।

एफबीआईले फरारको सूचीमा राख्ने र सूचना दिनेलाई पुरस्कार दिने कार्यले रुजालाई खोज्न आममानिसबाट सहयोग पुग्ने आशा लिएको छ ।

ब्युरोले रुजालाई पक्राउ गर्न सहयोग पुग्ने गरी जानकारी दिनेलाई १ लाख अमेरिकी डलर पुरस्कार दिने जनाएको छ । उनीमाथि २०१९ मै ८ वटा विभिन्न प्रकारको अभियोग लगाइएको छ ।

अमेरिकामा ‘मस्ट वान्टेट टप टेन’ सूचीमा रहेकी रुजा एक मात्रै महिला हुन् ।

रुजाको बारेमा अनुसन्धान गरेर त्यसको वित्तीय प्रभावको बारेमा रिपोर्टिङ गरेका बीबीसीका पत्रकार जेमी बर्ट्लेटले एफबीआईको घोषणासँग उनी पक्राउ पर्ने संभावना बढाएको बताएका छन् ।

उनले २०१७ अक्टोबरमा रुजा वेपत्ता भएपछिको सबैभन्दा ठूलो घटना भएको बताए ।

यस काण्डको बारेमा वर्षैदेखि अनुसन्धान गर्दै आएका बर्ट्लेटलले रुजा वेपत्ता हुँदा आफ्नो साथमा कम्तीमा पनि ५० करोड अमेरिकी डलर लगेको अनुमान गरेका छन् ।

‘उनीसँग उच्च कोटीको जाली कागजात र आफ्नो हुलिया पनि परिवर्तन गरेको हुनसक्ने संभावना छ’ उनले भने । उनले यसको अतिरिक्त रुजा जिवितै हुने संभावना पनि रहेको बताए ।

अन्तिम पटक २०१७ बुल्गेरियाबाट ग्रिस जाने बिमान चढेदेखि नै उनी हराएकी छिन् ।

अक्सफोर्डमा अध्ययन गरेकी उनले लगानीकर्ताहरुलाई आफूले ‘बिटक्वाइन किलर’ सिर्जना गरेकी बताउने गरेकी थिइन् ।

सरकारीअधिकारीहरुले तयार पारेको कागजातहरुमा वेपत्ता हुनुअघि उनले अर्बौ रुपैया संकलन गरेको देखिन्छ । दुबईको अदालतबाट २०२१ मा चुहिएको कागजात राख्दै एक वकिलले इतिहासकै सबैभन्दा सफल अपराधी भनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर