देशभर आइतबार सार्वजनिक बिदा

गृह मन्त्रालयले आउने आइतबार २६ असार, २०७९ का दिन देशभर सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्रालयले राजपत्रमा यसअघि प्रकाशित सूचनाका आधारमा मुस्लिमहरुको पर्व बकर ईद (ईद उल अजहा) मा सार्वजनिक बिदा दिन लागेको हो ।

राजपत्रमा मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर ईदमा बिदा दिने सूचना राजपत्रमा यसअघि नै प्रकाशित भएको छ ।

सोही अनुसार मुस्लिम आयोगले यसपटकको बकर ईद २६ असारमा हुने जानकारी दिएसँगै मन्त्रालयले सूचना निकालेर सार्वजनिक बिदाको जानकारी गराएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर