नेपाल प्रहरीका एसएसपीहरुको सरुवा, काठमाडौंमा बोहरा र अपराध महाशाखामा भट्टराई

गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना  वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको काज सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट उनीहरुकाे काज सरुवा भएकाे हाे ।

जिल्ला प्रहरी परिसर, काठमाडौंमा भरतबहादुर बोहरा र उपत्यका अपराध अनुसन्धान कार्यालयमा जनक भट्टराईको काज सरुवा भएको छ ।

यस्तै अपराध अनुसन्धान विद्यालयमा प्रहरी प्रवक्ता रहेका विष्णु केसीकुमार केसी, लागूऔषध नियन्त्रण ब्यूरोमा एसएसपी विकास खनाल, मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्यूरोमा एसएसपी अनुराग द्विवेदी र विपद् व्यवस्थापन कार्यालयमा एसएसपी कुवेर कडायतको सरुवा भएको छ ।

सरुवा भएका एसएसपी भट्टराई प्रदेश प्रहरी कार्यालय लुम्बिनी र बाेहरा प्रहरी प्रधान कार्यालयस्थित प्रशासन महाशाखामा कार्यरत थिए । यस्तै एसएसपीहरु कडायत राष्ट्रिय सुरक्षा परिषद्काे सचिवालय,  खनाल प्रदेश प्रहरी कार्यालय धरान र द्विवेदी प्रहरी प्रधान कार्यालय अनुगमन तथा सुपरिवेक्षण कार्यालयमा कार्यरत थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर