
चीनबाट थप ऋण नलिन पाकिस्तानलाई मुद्रा कोषको सुझाव


अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई चीनबाट थप ऋण नलिन सुझाएको छ ।
चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) परियोजनाका निम्ती ७ अर्ब ९० करोड पाकिस्तानी रूपैयाँ ऋण लिने इस्लामावादको योजनामा पुनर्विचार गर्न कोषले सुझाएको हो ।
बाह्य ऋणबाट पाकिस्तानको अर्थतन्त्रलाई दिगोरूपमा सञ्चालन गर्न नहुने भन्दै कोषले इस्लामावादलाई संरचनागत सुधार गर्न तथा चिनियाँ सहयोग र ऊर्जा सम्झौताबारे पुनः वार्ता गर्न सुझाव दिएको फाइनान्सियल पोष्टले जनाएको छ ।
पाकिस्तानले आफ्नो देशमा चिनियाँद्वारा सञ्चालित स्वतन्त्र ऊर्जा उत्पादकलाई रू ३ खर्ब ५० अर्ब बिजुली बक्यौता बुझाउन बाँकी छ ।
चीनले सीपीईसीअन्तर्गतका परियोजनाका सम्झौताका शर्त परिमार्जन गर्न अस्वीकार गरेका विवरण सार्वजनिक भएपछि मुद्रा कोषले थप ऋण नलिन पाकिस्तानलाई सुझाएको हो ।
विगतदेखि नै पाकिस्तानको अर्थतन्त्र शिथिल भएको छ भने व्यापार असन्तुलन पनि बढेको छ । मुद्रास्फीति पनि दैनिकरूपमा चुलिँदै गएको छ
- वैशाखमा फेरि विश्वासको मत लिनुपर्ने आशंका गर्नु अस्वाभाविक होइन : माधव नेपाल
- न्यूनतम साझा कार्यक्रम कार्यान्वयन हुने आशामा फेरि विश्वासको मत दिँदैछौं : रास्वपा
- भारत र जापानका प्रधानमन्त्रीबीच भेट, इन्डो–प्यासिफिक क्षेत्रमा नयाँ रणनीति अपनाउने घोषणा
- गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैन : देउवा
प्रतिक्रिया