यस्ता छन् मंगलबार बसेकाे मन्त्रिपरिषद्का निर्णय

सरकारले मंगलबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

मंगलबारको बैठकले विभूषण समितिको सदस्यबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई हटाएर संगीतकार शम्भुजीत बास्कोटालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले राष्ट्रिय बाल परिषद्को कार्यकारी निर्देशक पद हालको बालबालिका सम्बन्धि नियमावली २०७८ मा नभएकाले वर्तमान कार्यकारी निर्देशक मिलनराज धरेललाई पदमुक्त गरी राष्ट्रिय बाल परिषद्को उपाध्यक्षसहित तीन जना सदस्यहरु र सदस्यसचिव नियुक्त गरेको छ ।

सरकारले खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाको लागि विश्व बैैंकबाट प्राप्त हुने ५ करोड ९६ लाख एसडीआर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदका निर्णयहरु –
– मिति २०७९ असार २४ गते देखि २६ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने रि फाउण्डिङ द फिउचर विषय कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेललाई सहभागि हुन स्वीकृत प्रदान गर्ने ।

– संयुक्त राष्ट्र संघको आयोजनामा वि.स २०७९ असार २१ गतेदेखि २३ तथा २७ देखि ३१ गतेसम्म आयोजना हुने इको सोक हाइलेभल फोरम २९ देखि ३१ सम्म आयोजना हुने मिनिस्टेरियल सेग्मेण्ट र साउनमा हुने हाइलेभल सेग्मेण्टमा सहभागि हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने ।

– खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाको लागि विश्व बैैंकबाट प्राप्त हुने ५९.६ मिलियन एसडिआर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने ।

– नेपाल प्रहरीमा क्षमता विकास सहितको साइवर युरो स्थापनाका लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने अमेरिकी डलर ८ मिलियन अनुदान साहयता स्वीकार गर्ने ।

– हरित ग्यास उत्सर्जन न्यनिकरणको लागि खाना पकाउने आधुनिक दक्ष तथा जलवायुमैत्री स्वच्छ उर्जा प्रवद्र्धनको लागि प्राप्त हुने अमेरिकी डलर २१.१२ मिलियन अनुदान साहयता स्वीकार गर्ने ।

– हरित तथा नविकरणीय उर्जा प्रवद्र्धनका लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो ४. ५ मिलियन बराबरको आर्थिक प्राविधिक साहयता स्वीकार गर्ने ।

– पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल आयोजनाका लागि एसियाली विकास बैंकबाट सहुलियतपूर्ण ऋण तथा अनुदान साहयता सम्बन्धि दस्तावेजलाई अन्तिम रुप दिन अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने

– विभूषणका सदस्यमा रहनु भएका अन्य सदस्य यतावत रहने गरी कलाकार श्री मदनदास श्रेष्ठको सट्टामा कला क्षेत्रबाट संगितकार श्री शम्भुजित बास्कोटालाई विभूषण समितिको सदस्य तोक्ने ।

– नेपालको नागरिता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट फिर्ता लिने ।

– सशस्त्र प्रहरी दास्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने ।

– प्रत्येक वर्ष वैशाख १ गते घरजग्गा लिखित रजिष्टेशन दिवस मनाउनका लागि स्वीकृति प्रदान गर्ने ।

– विभिन्न २३ जिल्लाका २ लाख २३ हजार ३३० गरिवी परिवारको सूची सूचिकृत सूची स्वीकृत गर्ने ।

– राष्ट्रिय बाल परिषद्को कार्यकारी निर्देशक पदको हालको बालबालिका सम्बन्धि नियमावली २०७८ मा नभएकाले कार्यकारी निर्देशक श्री मिलनराज धरेललाई पदमुक्त गर्ने र राष्ट्रिय बाल परिषद्को उपाध्यक्ष तीन जना सदस्यहरु र सदस्यसचिव नियुक्त गर्ने ।

– वागमती प्रदेश ट्राफिक प्रहरीलाई चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगरेस्थित शतनचुली सामुदायीक वनको कुल जम्मा ०.६ प्रतिशत ४६ हेक्डर वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने ।

– कर्णाली प्रदेशको प्रादेशिक सरुवा रोग अस्पताल निर्माणको सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नम्बर १२ सिन्चुस्थित राष्ट्रिय वनको कुल जम्मा ४.९ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने ।

– भाषा आयोगको पदमा डा. अमरराज गिरी,प्राध्यापक डा. कृष्णप्रसाद न्यौपाने,मातृकाप्रसाद पोखरेल,गोपालप्रसाद सराफ र अमृतयोञ्जन तामाङलाई नियुक्त गर्ने ।

– विभिन्न स्थानीय तहलाई स्थानीय तहको परियोजनाको लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने ।

– नेपाल दूरसञ्चार प्राधिकरणको प्राविधिक सदस्यमा श्री रविन्द्र झा र लेखा तथा परीक्षण सदस्यमा श्री गोर्कणप्रसाद सिटौलालाई नियुक्त गर्ने ।

– नेपाल प्रशासन सेवा सामुहीकरण तर्फको राजपत्राङ्कृत विशिष्ट श्रेणीको रिक्तपदमा सहसचिव डा. गोपीकृष्ण खनाललाई बढुवा गर्ने ।

– नेपाल कृषि तथा वन सेवा सामुहीकरण तर्फको राजपत्राङकृत विशिष्ट श्रेणीको रिक्तपदमा डा. दिपककुमार खराललाई बढुवा गर्ने ।

– नेपाल स्वास्थ्य सेवाको अधिकृत १२ औं तहमा प्रमुख कन्सल्टट्यान्ट अफटेटीसियन गाइनोकोलोजिष्ट डा.संगीता कौसल मिश्रलाई बढुवा गर्ने ।

– हेजिङ नियमावली २०७८ स्वीकृत गर्ने ।

– वैदेशिक रोजगारबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापना निर्देशिक २०७९ स्वीकृत गर्ने’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *