सेनासँग मिलेर भए पनि देश बेचेर खानेलाई भोट हाल्न दिँदैनौं : विप्लव

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले देश बेचेर खाने पार्टीलाई भोट हाल्नै नदिने चेतावनी दिएका छन् ।

एमसीसीमा राष्ट्रघात गर्ने दललाई आवश्यक परे नेपाली सेनासँग मिलेर भए पनि १० वर्षका लागि प्रतिबन्ध लगाएर भोट हाल्नै नदिने उनको जिकिर गरे ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले देश बेचेर खानेलाई नेपाली जनताले भोट हालेर अधिकार दिन नहुने बताए ।

आफ्ना केही पुराना साथीले राजासँग नेपाली सेनालाई मिलाएर आफूहरुले अरु पार्टीलाई प्रतिबन्ध लगाउने खोजेको भनाई आएको उल्लेख गर्दै महासचिव विप्लवले देश बेचेर खाने दलालहरुलाई किन प्रतिबन्ध नलगाउने भनी प्रश्न गरे ।

विप्लवले देश बेच्नेहरुलाई नेपाल प्रहरी र नेपाली सेनाले पनि साथ दिन नहुने बताए । उनले एमसीसी र एसपीपी सम्झौता आफ्नो पार्टीलाई कुनै पनि हालतमा स्वीकार्य नहुने दोहोर्‍याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर