बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार पुन:मतदान

विवादको कारण लामो समयदेखि रोकिएको बजुराको बुढीगंगा नगरपालिकामा बिहीबार बिहानदेखि पुन:मतदान शुरु भएको छ।

वैशाख ३० मा भएको स्थानीय तह चुनावमा नेपाली कांग्रेस र नेकपा एमालेले आफूले सकेको स्थानमा बुथ कब्जा गरेपछि बुढीगंगा नगरपालिकमा पुन:मतदान गर्ने निर्णय निर्वाचन आयोगले गरेको थियो ।

पुन:मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध एमाले अदालत समेत पुगेको थियो । देशभरका ७ सय ५३ स्थानीय तह मध्ये बुढीगंगाको मात्रै चुनावी परिणाम आउन बाँकी रहेको छ।

बिहीबारको मतदानमा कुनै प्रकारको समस्या सिर्जना नहोस भनेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गरि एक हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

१० वटा वडा रहेको सो नगरपालिकामा १९ वटा मतदान स्थलहरु रहेका छन् । निर्वाचनका लागि ९५ कर्मचारी खटाइएको छ । सो नगरपालिकामा १२ हजार ६ सय ५९ मतदाता रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर