गृह दिए अर्थ मन्त्रालय छाड्न माओवादी तयार

जनार्दन शर्माकाे अर्थ मन्त्रालयबाट बहिर्गमनसँगै नयाँ अर्थमन्त्रीको जिम्मेवारी कसले पाउँछ भन्ने आमचासोको विषय बनेको छ ।

बिचौलिया प्रयोग गरेर करको दर हेरफेर गरेको आरोप लाेगेका शर्माले चौतर्फी दबाबपछि बुधबार राजिनामा दिएका हुन् ।

नेपाली कांग्रेसभित्र अर्थ मन्त्रालय प्रधानमन्त्रीकै दलको नेता हुनुपर्ने धारणा रहेको छ । कतिपय कांग्रेसी नेताहरुले खुमै खोलेर प्रधानमन्त्रीकै दलले राख्नु पर्ने बताउँदै आएका छन् ।

काम गर्न सहज हुने भन्दै प्रधामन्त्रीकै दलका नेता अर्थमन्त्री हुनुपर्ने तर्क कांग्रेस नेताहरुले गर्न थालेपछि माओवादीले गृह मन्त्रालय पाए अर्थ छाड्ने सर्त अघि सारेको छ ।

शर्माको राजिनामापछि प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को मन्त्रीलाई जिम्मेवारी थप गर्ने भन्दा आफैसँग राखेका छन् । देउवाले अर्थ मन्त्रालयको जिम्मेवारी दीर्घकालिन भने होइन् ।

माओवादी केन्द्रका नेताहरुले छानविन समाप्त नहुन्जेल अर्थमन्त्रालयमा नयाँ व्यक्ति नपठाउने बताउँदै आएका छन् । बुधबार सांसदबाट बाहिरिदै पार्टीभित्र शर्माको प्रतिस्पर्धी मानिएका वर्षमान पुनले छानविन पछि शर्मा नै अर्थमन्त्री बन्ने बताए ।

बजेटमा निर्माणको क्रममा करको दर हेरफेर गर्न बिचौलिया प्रयोग गरेको आरोप लागेपछि शर्माले बुधबार पदबाट राजिनामा दिएका छन् । सो विषयमा छानविन गर्न संसदले ११ सदस्यीय विशेष छानविन समिति बताएको छ । एमालेका ४, कांग्रेस र माओवादीका २-२, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोपसा)का एक-एक सांसद राखेर बनाइएकोो छानविन समितिलाई प्रतिवेदन बुझाउन १० दिनको समय तोकिएको छ ।

कांग्रेसका नेताहरुको भनाइ जस्तै अर्थमन्त्रालय छाड्नु परे माओवादीले गृह मन्त्रालय दिए छाड्ने संकेत गरेका छन् ।
तर आसन्न आमचुनावमा मुखमा प्रधानमन्त्री देउवा गृह मन्त्रालयलाई सुम्पने पक्षमा रहेका छैनन् । निर्वाचनको समयमा शान्ति सुरक्षाको जिम्मेवारी रहेको गृह मन्त्रालयको चुनावी परिणामलाई प्रभावित गर्न भूमिका महत्वपूर्ण हुने ठानिन्छ ।

त्यसैगरी गठबन्धनमा प्रमुख साझेदारको रुपमा रहेको माओवादी केन्द्रलाई पनि चिढ्याउने पक्षमा देउवा देखिएका छैनन् ।

गठबन्धन निर्माण हुँदा गृह, परराष्ट्र मन्त्रालयले आफ्नो साथमा राखेको छ ।
सत्तारुढ गठनबन्धनमा दोस्रो ठूलो दल माओवादी केन्द्रले वैशाख ३० गते भएको स्थानीय चुनावमा गरेको प्रदर्शन पछि कांग्रेसभित्र पनि गठबन्धनमै आमचुनावमा जानुपर्ने मत झनै बलियो भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर