चीनसँगका सबै समस्या शीघ्र समाधानमा भारतको जोड

पूर्वीलद्दाखको वास्तविक नियन्त्रण रेखामा चीन र भारतबीच समाधान गर्न बाँकी मुद्दालाई शीघ्र अघि बढाउनुपर्नेमा भारतले जोड दिएको छ ।

इण्डोनेशियाको बालीमा बिहीवारदेखि शुरू भएको जी–२० का विदेशमन्त्रीको बैठकमा भाग लिने क्रममा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग आज भएको भेटमा भारतका विदेशमन्त्री एस जयशंकरले कारोना महामारीका कारण घर फर्किएका आफ्नो देशका विद्यार्थीलाई चीन फर्काउन तथा सीमासम्बन्धी बाँकी मुद्दा चाँडो समाधान गर्न आह्वान गरेका हुन् ।

भारतका विदेशमन्त्रीले भारतीय विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया शीघ्र अघि बढाउन तथा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने दिशामा बाँकी रहेका कामलाई गति दिनुपर्नेमा जोड दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री जयशंकरले द्विपक्षीय सम्झौता र प्रोटोकलको पूर्णपालनाका साथै आफूहरूबीच अघिल्लो भेटवार्तामा भएका समझदारीको पालना महत्वपूर्ण हुने बताए ।

दुवै मन्त्रीले चीन र भारतका सैनिक एवम् कूटनीतिक अधिकारीबीचको नियमित सम्पर्कलाई निरन्तरता दिनुपर्ने बताउँदै शीघ्र अर्को चरणको वरिष्ठ सैन्य अधिकारीको बैठकको प्रतीक्षामा आफूहरू रहेको जनाए । पारस्परिक सम्मान, पारस्परिक संवेदनशीलता र पारस्परिक हितमा आधारित द्विपक्षीय सम्बन्धले गति लिने भारतीय अभिमत विदेशमन्त्री जयशंकरले दोहो¥याएका थिए ।

दुवै देशका मन्त्रीबीच क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका विविध विषयमा पनि विचार आदानप्रदान भएको थियो ।

दुई वर्षअघि गलवान उपत्यकामा भारत र चीनबीच भएको भीडन्तमा २० भारतीय सैनिकको मृत्यु भएपछि दुई देशबीचको सम्बन्ध सुमधुर बन्न सकेको छैन । यद्यपि द्विपक्षीय व्यापार निर्वाधरूपमा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर