जापानका पूर्व प्रधानमन्त्री शिन्जाे आवेमाथि गाेली प्रहार

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेमाथि शुक्रबार गोली प्रहार भएको छ ।

नारा शहरमा भाषण गर्दै गर्दा उनीमाथि स्थानीय समयअनुसार बिहान साढे ११ बजे गोली प्रहार भएको हो ।

जापानी सञ्चार माध्यहरुले गोली प्रहारपछि पूर्व प्रधानमन्त्री आवे ढलेको र रगत बगेको देखिएको जनाएको छ ।

गोली प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई एम्बुलेन्समा हालेर अस्पताल लगिएको जापानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

आवेको लिबरल डेमोक्रेटिक पार्टीले पनि घटना भएको पुष्टी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । गोली प्रहार गरिदा पूर्व प्रधानमन्त्री आवे सडक किनारामा भाषण गरिरहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर