जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेको गोली हानेर हत्या

जापानका पूर्व प्रधानमन्त्री तथा अन्तर्राष्ट्रिय नेता शिन्जो आवेको निधन भएको छ ।

उनलाई शुक्रबार बिहान भाषण गरिरहेका समयमा एकजना युवाले गोली प्रहार गरेको थिए ।

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको ६७ वर्षको उमेरमा शुक्रबार जापानको नारामा भाषणको क्रममा गोली लागेर मृत्यु भएको सार्वजनिक प्रसारक एनएचकेले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको कार्यालयलाई उद्धृत गर्दै जनाएको हो ।

आवेको उपचारकाक्रममा केही समयअघि निधन भएको हो ।

अधिकारीहरुका अनुसार आबेको घाँटीमा गोली लागेको छ । घटनाको भिडियो फुटेजमा दुई राउण्ड गोलीको आवाज सुन्न सकिन्छ।

प्रहरीले हत्या प्रयासको आशंकामा ४० वर्षका एक व्यक्तिलाई पक्राउ गरेको छ र घरमै बनाएको बन्दुक बरामद गरेको छ एनएचकेले रिपोर्ट गरेको छ।

प्रहरी स्रोतलाई उद्धृत गर्दै एनएचकेका अनुसार गोली प्रहारमा संलग्न ४० वर्षका नारा निवासी तेत्सुया यामागामीलाई प्रहरीले पक्राउ गरेको छ। एनएचकेले उक्त व्यक्तिले भाग्ने प्रयास नगरेको र नारा निशी प्रहरी चौकीमा सोधपुछका लागि हिरासतमा रहेको जनाएको छ।

घटनाको भिडियो फुटेजमा गोलीहरू पडकिएकाे सुनिएको केही क्षण पछि पुलिस अधिकारीहरूले आबे उभिएको ठाउँको नजिकै जमिनमा संदिग्धसँग कुश्ती गरिरहेको देखिन्छ ।

आबे इतिहासमा सबैभन्दा लामो समय सेवा गर्ने जापानी प्रधानमन्त्री थिए। उनले स्वास्थ्यको कारण देखाउँदै सन् २०२० मा नेता पदबाट राजीनामा दिएका थिए ।

आवेको हत्याको कारण भने खुल्न सकेको छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *