प्रधान सेनापति र भारतीय राजदूतबीच भेटघाट

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवबीच जङ्गी अड्डामा भेटघाट भएको छ ।

प्रधानसेनापतिशर्माको कार्यकक्षमा भएको भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *