राष्ट्रपतिबाट विभुषित भएकी मालपोत अधिकृतलाई एक वर्ष ६ महिना कैदको माग सहित भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, ताप्लेजुङका मालपोत अधिकृत (कार्यालय प्रमुख) लेखा पनेरु महतलाई ६ महिना कैदको मागदाबी सहित शुक्रबार भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेको छ ।

राष्ट्रपति बिद्यादेबी भण्डारीले १ वैशाखमा राज्यले निजामती सेवामा रहेर नागरिकको हित अभिबृद्धीको लागि गरेको योगदानको उच्च कदर गर्दै प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट अधिकृत महतलाई विभुषित गरेको थियो । त्यसको ११ औं दिनमा मालपोत अधिृकत महत घूस रकमसहित रंगेहात पक्राउ परेकी थिइन् ।

आयोगले महतलाई एक लाख ५० हजार रुपैयाँ घूस रकम सहित ११ वैशाखमा नियन्त्रणमा लिएको थियो ।

महतले जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग घूस लिएकी थिइन ।

बाबुका नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट घूस रकम लिएकी हुन् ।

गत साउन महिनाबाट चलाइएको यस प्रक्रियामा सम्बन्धित धनीलाई कागजात बुझाउन बाँकी रहेको अवस्थामा आर्थिक लेनदेन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

उनलाई आयोगको टोलीले घूस लिइसकेको अवस्थामा फुङलिङ नगरपालिका–४ कोप्चेबाट केही समय अघि नियन्त्रणमा लिएको थियो।

आयोगले महत बिरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर भएको हुँदा निजलाई बिगो एक लाख पचास हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम सजाय मागदाबी गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर