न्यायाधीश शाहलाई बर्खास्त गर्ने न्याय परिषद्को निर्णय

न्याय परिषद्को बैठकले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश रेणुका शाहलाई बर्खास्त गर्ने निर्णय गरेको छ । परिषद्काे शुक्रबार बसेकाे बैठकले साहलाई बर्खास्त गर्ने निर्णय गरेकाे हाे ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको परिषद्को बैठकले न्यायाधीश शाहलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्यायाधीश शाहलाई योग्यता नपुगेका कारणले पदबाट बर्खास्त गरिएको हो ।

पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी रेणुका लामो समय सीटीइभिटीमा कार्यरत रहेको र न्यायाधीश हुनका लागि योग्यता पुष्टि गर्न नसकेपछि पदबाट हटाइएको परिषद्ले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर