इलन मस्क बिरुद्ध कानूनी कारबाहीकाे बाटाेमा ट्वीटर

संसारका सबैभन्दा धनी व्यक्ति इलन मस्कले सामाजिक सञ्जाल ट्वीटर नकिन्ने भएका छन् । मस्कले खरिद सम्बन्धी सम्झौता उल्लंघन गरेको भन्दै खरिद कार्य समाप्त गर्ने तथा किन्ने प्रक्रिया अन्त्य गर्न चाहेको बताएका छन् ।

गत अप्रिलमा मस्कले ट्वीटर खरिद गर्ने घोषणा गरेपछि शुरु भएको घटनाक्रमले नयाँ ट्वीस्ट लिएकाे हो । मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किन्ने घोषणा गरेका थिए ।

मस्कले स्पाम र फेक अकाउन्टको संख्या ट्वीटरले उपलब्ध गर्न नसकेको भन्दै खरिद प्रक्रियाबाट बाहिरिन चाहेको बताएका छन्।

ट्वीटरले भने सम्झौता कार्यान्वयनका लागि मस्कविरुद्ध कानुनी कारवाहीमा जाने बताएकाे छ।

‘ट्वीटरको बोर्ड मूल्यको ट्रान्जेक्सन र सर्तहरु अनुसार काम गर्न लागि प्रतिवद्ध रहेको छ’ ट्वीटरका अध्यक्ष ब्रेट टेलरले भने ।

सम्झौता एक अर्ब रुपैयाको ब्रेक अफ फी राखिएको छ ।

मस्कले खरिद नगर्ने समाचारहरु आउन थालेपछि ट्वीटरको शेयरको मूल्य घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *