माओवादीको स्थायी कमिटीको पहिलो बैठक पेरिसडाँडामा सुरु

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको पहिलो बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ । बिहीबारको केन्द्रिय कमिटीको बैठकले स्थायी कमिटी गठन गरेको हो ।

पहिलो बैठकमा पोलिटब्युरो गठन  र भ्रातृ संगठन अखिल क्रान्तिकारीभित्र देखिएको विवादको बारेमा छलफल हुने बताइएको छ ।

अखिल क्रान्तिकारीमा अध्यक्ष पञ्चा सिंह र पवन कार्की  अध्यक्ष रहेका छुट्टै कमिटीले समानान्तर गतिविधि गर्दै आएका छन्।

माओवादीको जारी केन्द्रिय कमिटी बैठकमा पोलिटब्युरो गठनको विषयमा असन्तुष्टी रहेको छ ।

१ सय २५ सदस्यीय पोलिटब्युरो सदस्यहरु मनोनयनप्रति असन्तुष्टी देखिएको हो । केन्द्रिय सदस्यहरुले पोलिटब्युरो गठनको आधार नेतृत्वसँग माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर