घूस रकमसहित रोल्पाको गंगादेव गाउँपालिकाका इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका इन्जिनियर नविन डाँगीलाई घूस रकम सहित नियन्त्रणमा लिएको छ ।

आयोगले डाँगीलाई सेवाग्राहीबाट लिएको ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।

आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट गएको टोलीले मोटरबाटो निर्माण योजनाको नापी किताब बिल तयार गरिदिए बापत सेवाग्राहीसँग लिएको घुससहित उनलाई नियन्त्रणमा लिएको हो ।

आयोगको टोलीले उनलाई गंगादेव २ स्थित स्वास्थ्य शाखाको भवनमा रहेको उनको निवासबाट नियन्त्रणमा लिएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *