एकाबिहानै मापसे गरेको टोलीले प्रहरीका असई र सिपाही कुटे

काठमाडौंको चावहिल चोकमा मादक पदार्थ सेवन गरेर होहल्ला गरिरहेको टोलीलाई सम्झाई बुझाईगर्दा वृत्त गौशालाका सहायक निरीक्षक र प्रहरी जवान निर्घात कुटिएका छन् ।

महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत सादा पोशाकमा खटिएका असई सन्तोष श्रेष्ठ र जवान विनय गौड कुटपीटमा परेका हुन् ।

प्रहरीका अनुसार शनिवार बिहान दुई बजे चावहिल चौकमा मादक पदार्थ सेवन गरेको टोलीले असई श्रेष्ठ र जवान गौडलाई कुटपीट गरेको हो । मापसे गरेको टोलीले असई श्रेष्ठ र जवान गौडलाई इट्टाले हान्दा दुबैको टाउकोमा गंभिर चोट लागेको छ ।

उनीहरुको ओम अस्पताल चावहिलमा उपचार गरिएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ताप्लेजुङ घरभई बासँबारी बस्ने राज थेवेलाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर