बजेट निर्माणमा मेरो कुनै पनि प्रत्यक्ष भूमिका र संलग्नता छैन : राज्यमन्त्री श्रेष्ठ

राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वर्षको बजेट निर्माणमा आफ्नो प्रत्यक्ष भूमिका नरहेको बताएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै उनले विभिन्न सञ्चारमाध्यममा आफ्नो नाम जोडेर समाचार आएको भन्दै उनले बजेटमा आफ्नो संलग्नता नरहेको स्पष्टीकरण दिएका हुन् ।

उनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै आधार र प्रमाणविनाका एकै व्यहोराका कपोलकल्पित, मनगढन्ते, तथ्यहीन र भ्रामक समाचाररूपी अफवाह नियोजित ढंगले निरन्तर प्रकाशन एवं प्रसारण हुनु खेदजनक छ ।’

उनले आफू कुनै लाभ हासिल गर्ने अभीष्ट बोकेर राजनीतिमा नआएको भन्दै उनले आफू मुलुकको विकास एवं समृद्धिका लागि योगदान गर्ने अभिप्रायले म राजनीतिमा लागेको श्रेष्ठले बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘संसदमा रहेर मैले लगानी–मैत्री वातावरण निर्माणका लागि कानुनी सुधारका पक्षमा भूमिका निर्वाह गरेको छु ।’

उनले सञ्चारमाध्यमका आएका कुराहरु सत्य नरहेको बताउँदै उनले ती समाचारको पुष्टि गर्न पनि चुनौती दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *