पूर्व प्रधानमन्त्री आबेको सुरक्षामा चुक भयो: जापानी प्रहरी

जापान प्रहरीले पूर्व प्रधानमन्त्री शिन्जो आबेको सुरक्षामा चुक भएको स्वीकार गरेको छ । ६७ वर्षिय पूर्व प्रधानमन्त्री आबेको शुक्रबार चुनावी अभियानको क्रममा जापानको दक्षिणी शहर नारामा गोली प्रहार गरि हत्या गरिएको थियो ।

‘सुरक्षामा समस्या थियो भन्ने विषयलाई अस्वीकार गर्न सकिदैन’ नाराका प्रहरी प्रमुख तोमोअकी ओनिजुकाले भनेका छन् ।

चुनावी प्रचारको क्रममा सडक किनारामा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा आबेमाथि गोली प्रहार भएको थियो । जसले जापानसहित विश्वलाई स्तब्ध बताएको छ ।

माथिल्लो सदनका लागि आइतबार मतदान योजनाअनुसार नै हुने बताइएको छ ।

यो चुनावमा आबेको हत्याको दुई दिन पछि हुन लागेको हो । विश्लेषकहरुले हत्याले सत्तारुढ लिवरल डेमोक्य्राटिक पार्टीलाई फाइदा पुग्ने बताइएको छ । जापानमा बन्दुक प्रयोग गरेर हुने हिंसा दुर्लभ मानिन्छ ।

आबे सो दलको महत्वपूर्ण र प्रभावशाली नेताको रुपमा रहँदै आएका थिए । अधिकार कम रहेको माथिल्लो सदनको यसपटकको चुनावलाई वर्तमान सरकारको जनमत संग्रहको रुपमा हेरिएको छ ।

शनिबार पनि चुनावी अभियान असामान्य चुस्त सुरक्षा व्यवस्थाबीच भयो ।

प्रहरीले गोली काण्डमा पक्राउ परेका ४१ वर्षका संघिग्द तेत्सुया यामागामीमा कुनै ‘संगठन विशेष’ प्रति घृणा भाव राख्ने जनाएको छ ।

अनुसन्धानमा संलग्न अधिकारीहरुलाई उद्धृत गर्दै जापानी सञ्चार माध्यमहरुले प्रकाशित गरेको समाचारमा यामागामीले आफ्नो आमालाई आर्थिक रुपमा टाट पल्टाउने धार्मिक समूहसँग आबेको सम्बन्ध रहेको आरोप लगाएका छन् ।

प्रहरीका अनुसार ती संघिग्दले आबेमाथि घरमै निर्माण गरेको बन्दुकबाट गोली प्रहार गरेको स्वीकार गरेका छन् । ‘हाम्रो लागि तत्कालको विषय भनेको अनुसन्धानको माध्यमबाट के भएको हो भन्नेर स्पष्ट पार्नु हुनेछ’ प्रहरी प्रमुख ओनिजुकाले भने ।

पत्रकारहरुलाई सम्बोधन गर्दा रुन लागेका प्रहरी प्रमुखले प्रहरीबाट कुन ठाउमा चुक भयो केही खुलाएनन् ।

यामागामीले प्रहरीलाई आफूले तीन वर्ष जापानी नौसेनाका काम गरेको जानकारी गराएका छन् । पछिल्लो समयमा भने उनी पश्चिम जापानको एउटा कारखानामा काम गर्दै आएका थिए ।

दोस्रो विश्वयुद्धपछि लगातार सबैभन्दा बढी समयमा जापानमा शासन गरेका ६७ वर्षमा आबे सत्तारुढ दल एलडिपीका लागि आइतबार हुने चुनावी अभियानलाई सम्बोधन गर्दै थिए ।

हालका प्रधानमन्त्री तथा एलडीपीका नेता फुमिओ किशिदाले आबेमाथि भएको घटनाले आफूलाई ‘निशब्द’ बनाएको बताए । उनले जापानको प्रजातन्त्रमा ‘हिंसा कहिले पनि उत्पन्न’ नहुने बताए । उनले शनिबार पनि चुस्त सुरक्षाकाबीच चुनावी अभियान चल्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *