आईजीपी नियुक्ति बिरुद्दको मुद्दामा सोमबार अन्तिम बहस

नेपाल प्रहरीको महानिरीक्षक नियुक्तगर्ने सरकारको निर्णय बिरुद्ध अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले दर्ता गरेको रिट निवेदन उपर सोमबार बहस हुँदैछ ।

यसअघि २६ असारका लागि तोकिएको इजलास सार्वजनिक बिदाका कारण सोमबार हुन लागेको हो ।

सोमबारको इजलासमा सरकारका तर्फबाट जवाफी बहसले निरन्तरता पाउने छ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको निरन्तर सुनवाइ भइरहेको हो ।

यसअघि १९ असारमा सरकारका तर्फबाट वरिष्ठ अधिवक्ताहरु भीमार्जुन आचार्य, सुशील पन्त, टीकाराम भट्टराईसहित रामनारायण बिडारी, तुलसी भट्ट, दिपेन्द्र झाले आईजीपी सिंहलाई गरिएको बढुवाको पक्षमा बहस गरेका थिए ।

त्यस्तै केदार प्रसाद दाहाल, बालकृष्ण ढकाल, ओमप्रकाश अर्याल, विपिन सुवेदी, चिरञ्जीवी उपाध्याय, श्यामकृष्ण खरेल, गोपालकृष्ण घिमिरे, असान्तन मल्ल, सुवास आचार्य, बलराम सुवेदी, निश्चल खरेल, मनोहरलाल श्रेष्ठ र गोकुल भण्डारीले पनि बहस गरेका थिए ।

अघिल्लो इजलासमा १९ वकिलको बहस सकिएको छ। इजलासले २३ गतेभित्र बहस नोट बुझाउन भनेको छ। त्यसपछि २६ गते जवाफी बहसका लागि मिति तोकिएको थियो । अब सोमबार विपक्षीका तर्फबाट बहस सकिएमा निर्णय सुनाउने मितिका लागि इजलासले आदेश गर्न सक्नेछ ।

आईजीपीको मुद्दामा वैशाख २२ गते प्रारम्भिक सुनुवाइ भएको थियो। यो मुद्दामा अन्तरिम आदेश नदिए पनि छिटोभन्दा छिटो टुङ्ग्याउन सर्वोच्चले आदेश दिएको थियो ।

जेठ १७ गते दोस्रोपटक पेशी तोकिएको थियो। त्यो दिन सुनुवाइ हुन नसकेपछि जेठ ३० गतेलाई अर्को पेशी तोकियो। हाल भइरहेको यो अन्तिम सुनुवाइ हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर