७७.०१ अंकले घट्यो नेप्से परिसूचक

साताको पहिलो कारोबारको दिन सोमबार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ ।

आइतबार सार्वजनिक बिदा परेकाले नेप्से कारोबार भएको थिएन ।

सोमबार भएको कारोबारमा नेप्से परिसूचक ७७.०१ अंकले घटेर १९१५.६१ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १३.०३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ५.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०९ अंकले घटेको छ ।

सोमबार कारोबारमा आएका २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा सबैभन्दा बढी व्यापार उपसमूहको ५.७८ प्रतिशतले घटेको छ ।

त्यस्तै,फाइनान्स उपसमूहको परिसूचक ५.७३ अंकले गिरावट आएको छ भने जलविद्युत उपसमूहमा पनि ५.१९ प्रतिशतले गिरावट आएको छ । बाँकी अन्य उपसमूहको शेयर मूल्य ४ प्रतिशतसम्म गिरावट आएको छ ।

सोमबार कारोबारमा आएको ग्रामीण विकास लद्युवित्त वित्तीय संस्थाको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर