‘क्रिमिनल जस्टिस सिष्टम’मा सुधारको खाँचो छ : कानुनमन्त्री

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘क्रिमिनल जस्टिस सिष्टम’मा सुधारको खाँचो रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा ‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९’ माथि सांसदले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री कोइरालाले यौन हिंसा नियन्त्रणका लागि सुधारको आवश्यकता रहेको औंल्याउँदै त्यसका लागि कानुन आयोगले काम गरिरहेको पनि स्पष्ट पारे ।

उनले यौन हिंसाका पीडितलाई न्याय दिन र पीडकलाई कारबाहीको दायरामा ल्याउन हदम्याददेखि धेरै कुरामा सुधार आवश्यक रहेकाले सरकारले कानुन आयोगमार्फत् त्यसको अध्ययनको कामलाई अघि बढाउनु परेको स्पष्ट पारे ।

मन्त्री कोइरालाले अध्यादेशको प्रतिस्थापन गर्नका लागि सो विधेयक सरकारले ल्याएको उल्लेख गर्दै त्यसमा सुधार गरेर जान प्रतिवद्ध रहेको बताए । उनले संसद र संसदीय समितिले दिएको निर्देशनलाई सधै पालना गरेर जाने दृढता समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर