बागमतीका मुख्यमन्त्री पाण्डे र जर्मन राजदूत प्रिन्जबीच भेटवार्ता

जर्मनीका राजदूत डा. थोमस प्रिन्ज र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच शिष्टाचार भेटवार्ता भएको छ।

सोमबार भएको भेटमा उनीहरुको बीचमा नेपालको विकासको लागि दक्ष जनशक्तिको महत्व र व्यावसायिक तालिम प्रवद्र्धनको लागि जर्मनीको तर्फबाट भइरहेको पहलकदमीको विषयमा कुराकानी भएको थियो ।

जर्मन दूतावासले नेपालमा दक्ष जनशक्ति उत्पादनको लागि धादिङको धुनिबेसी नगरपालिकामा रहेको जर्मन प्राविधिक विद्यालय र नेपाल सीप तथा तालिम सचिवालय (एलएसएसटी)लाई सहयोग गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *