चिनियाँ नेता चियानछाओ र प्रचण्डबीच भेटवार्ता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभाग प्रमुख लिउ चियानछाओले शिष्टाचार भेटवार्ता गरेका छन् ।

चारदिने नेपाल भ्रमणमा रहेका चियान्छाओले सोमबार अपरान्ह अध्यक्ष दाहाल निवास खुमलटार पुगी भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर महरा, वर्षमान पुन, देवप्रसाद गुरुङ र नेत्री पम्फा भुसालको पनि सहभागिता थियो ।

भेटवार्ताका क्रममा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धका बारेमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *