सेनाद्वारा बेनीघाट-आरुघाट-लार्केभञ्‍ज्याङ्ग अन्तर्गत १८ किमि सडक हस्तान्तरण

नेपाली सेनाले निर्माणाधीन गोरखा जिल्लास्थित बेनिघाट-आरुघाट-लार्केभञ्‍ज्याङ्ग सडक आयोजना अन्तर्गत धार्चे गाउँपालिका वडा नं. ७ हावाडाँडादेखि सोही गाउँपालिका वडा नं.३ स्थित दोभानसम्मको १८ किमि सडक खण्डको ट्रयाक निर्माण कार्य सम्पन्न गरेको छ ।

सोमबार सेनाले सडक विभाग अन्तर्गत ११ किलो छेपेटार-भालुस्वाँरा-वारपाक सडक योजना, गोरखाका प्रमुख सीडीई पशुपति ज्ञवालीलाई उक्त सडकखण्ड हस्तान्तरण गरेको हो ।

नेपाली सेनाका बेनिघाट-आरुघाट-लार्केभञ्‍ज्याङ्ग सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी विनोद भट्टले उक्त सडकखण्ड हस्तान्तरण गरेका हुन् ।

मिति २०७३ मंसिर २६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट भौगोलिक विकटता, मौसमी प्रतिकुलता, कडा चट्टानयुक्त भू(बनोट आदिका कारण उक्त सडक खण्डको ट्रयाक खोल्ने कार्यको जिम्मेवारी नेपाली सेनालाई प्राप्त भएअनुरुप नेपाली सेनाले २०७४ बैशाख ११ गतेबाट ट्रयाक खोल्ने कार्य सुरु गरेको थियो ।

उक्त सडक खण्डको निर्माणपछि गोरखा जिल्लाको विकट उत्तरी हिमाली क्षेत्रमा पर्ने धार्चे गाउँपालिका तथा चुनमुब्री गाउँपालिकालाई राष्ट्रिय सडक सञ्‍जालमा जोड्नुका साथै उक्त सडकले समग्र उत्तरी गोरखा जिल्लाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर