जसपा औपचारिक विभाजनतर्फ, यादव र भट्टराईले बोलाए समानान्तर बैठक

जनता समाजवादी पार्टी (जसपा)का दुई शीर्ष नेताहरुले समानान्तर बैठक बोलाएपछि सो औपचारिक विभाजन हुने अवस्थामा पुगेको छ ।

अध्यक्ष उपेन्द्र यादवले बुधबार र बिहीबारका लागि वीरगञ्जमा केन्द्रीय कार्य समितिको बैठक बोलाएका छन् भने संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले मंगलबार काठमाडौंमा केन्द्रीय समितिको विस्तृत बैठक बोलाएका छन् ।

समानान्तार बैठकसँगै लामो समयदेखि आन्तरिक विवादमा रहेको जसपा औपचारिक रुपमा विभाजन हुने देखिन्छ । वीरगञ्जको बैठकबाट अध्यक्ष यादवले भट्टराईसहित उनी निकट रहेका नेताहरुलाई कारवाही गर्ने तयारीमा रहेको छ । काठमाडौंको बैठपछि भट्टराईले पनि नयाँ दल घोषणा गर्ने संभावना रहेको दुवै पक्षका नेताहरुले बताएका छन् ।

गत फागुन मै भट्टराई निकट दीपक लामिछानेले ‘समावेशी लोकतान्त्रिक पार्टी’ नामको राजनीतिक दल निर्वाचन आयोगमा गर्दा गरिसकेका छन् । जसको चुनाव चिन्ह आँखा रहेको छ ।  भट्टराई नयाँ शक्तिको अध्यक्ष हुँदा पनि आँखा चुनव चिन्ह रहेको थियो।

अन्तर संघर्षमा लामो समय बहुमतमा रहेका भट्टराईले यादवमाथि दवाव सिर्जना गरेका थिए । तर मोहम्मद इस्तियाक राई र प्रदीप यादवसहितको समूहले भट्टराईको साथ छाडेपछि अल्पमतमा परेका छन् । यादवलाई अशोक राईसहितका नेताहरुले साथ दिँदै आएका छन् ।

भट्टराईको साथ छाडेका राई र यादव अध्यक्षको सिफारिसमा मन्त्री बनेका छन् । भट्टराईले पार्टीभित्र आन्तरिक विवाद रहेको भन्दै अध्यक्ष यादवको सिफारिसमा मन्त्री परिवर्तन नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका थिए । तर देउवाले भने अध्यक्ष यादवको सिफारिसलाई स्वीकार गर्दै गत साता मन्त्रिपरिषद पुनर्गगठन गरेका छन् ।

२०७६ वैशाख २३ मा तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भई समाजवादी पार्टी बनेको थियो । समाजवादी पार्टी २०७७ वैशाख १० मा राष्ट्रिय जनता पार्टीसँग मिलेर जसपा बनेको थियो ।

नेतृत्व प्रणाली समानुपातिक हुन नसकेको, पार्टी विधानअनुरूप नचलेको, अध्यक्षको एकलौटी कार्यशैली कायम रहेको लगायत विषयमा भट्टराई र यावदबीच बढ्दै गएको मनमुटावले अहिले उत्कर्ष रूप लिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर