गोली हानी हत्या गरिएका जापानका पूर्व प्रधानमन्त्री आबेको अन्त्येष्टी

गोली प्रहार गरि हत्या गरिएका जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको मंगलबार अन्त्येष्टी शुरु भएको छ । राजधानी टोकियोस्थित ‘झजोजी टेम्पल’मा उनको अन्त्येष्टी गरिने छ । गत शुक्रबार जापानको दक्षिणी शहर नारामा चुनावी सभालाई सम्बोधन गर्दै गर्दा एक बन्दुककारीले आबेमाथि गोली चलाएको थियो ।
अन्त्येष्टी कार्यक्रमलाई निजी बनाइएको छ । अन्त्येष्टीमा परिवारका सदस्य र उनी निकटका साथीहरुका लागि मात्रै खुला रहेको छ ।  सडक किनारामा हजारौं जापानीले आबे श्रद्धाञ्जली दिएका छन् । झजोजी टेम्पलमा आबेको बौद्ध विधिअनुसार अन्त्येष्टी गरिने छ । राजधानी टोकियोसहित जापानभर राष्ट्रिय झण्डा आधा झुकाइएको छ । उनको शवयात्रा स्थानीय समयअनुसार मंगलबार दिउँसो मुख्यभागमा हुने बताइएको छ । सो क्रममा हजारौ मानिसले श्रद्धाञ्जली व्यक्त गर्ने छ ।
आबे जापानका लामो समय शासन गर्ने प्रधानमन्त्रीको हुन् ।  एउटा प्रभावशाली राजनीतिज्ञको रुपमा रहेका थिए ।
प्रहरीका अनुसार गोली प्रहार गर्ने बन्दुधकारीले आफूलाई पीडा दिने धार्मिक समूहसँग सदस्य आबे पनि भएको ठानेर गोली हानेको बताएका छन् । बन्दुक प्रयोग गरेर हिंसा निकै दुर्लभ रहेको जापानमा यो घटनाले स्तब्ध बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *