एमालेले गर्‍यो लेखा समिति बैठक बहिष्कार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभापतिको राजीनामा माग्दै लेखा समिति बैठक बहिष्कार गरेको छ ।

मंगलबार बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठकमा एमाले सांसद विशाल भट्टराई, गोकुल बाँस्कोटालगायत उपस्थित थिए ।

भट्टराई र बास्कोटाले लेखा समितिको नेतृत्व विपक्षी दलले पाउने परम्परा रहेको भए पनि कांग्रेसले सरकारमा गएको १ वर्षसम्म पनि नेतृत्व नछाडेको भन्दै प्रश्न उठाए । त्यसपछि उनीहरु बैठकमा नबस्ने भन्दै बाहिरिएका हुन् ।

एमालेले सभापति फेरिएपछि मात्रै लेखा समितिको काम–कारबाहीमा भाग लिने अडान लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर