देश छाडेर भाग्ने श्रीलंकाली राष्ट्रपतिको असफल प्रयास

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्ष देश छोड्न असफल भएका छन्। सोमबार दुबई जाँदै गरेका उनलाई विमानस्थलका कर्मचारीले भिआइपी लेन हुँदै उडानमा चढ्नबाट रोकेका हुन् ।

सोमबार देश छाड्ने प्रयास गरेका राजपाक्षलाई विमानस्थलका कर्मचारीले रोकेपछि उनी अपमानित भएर फर्किएका हुन् । महिनौंदेखि राजीनाको माग गर्दै भएको विरोधपछि बुधबार औपचारिक रूपमा राजीनामा दिन लागेका राजपाक्ष सोमबार राति दुबई भाग्न खोजिरहेका थिए ।

अध्यागमन कर्मचारीहरूले राष्ट्रपतिलाई आफ्नो राहदानीमा छाप लगाउन एयरपोर्टको भीआईपी क्षेत्रमा जान दिएनन् ।

त्यस्तै जनताको भीडको डरले उनी सामान्य लामबाट जान चाहेनन् । जसको कारण राजपाक्षका चार उडान छुटे। त्यसपछि उनी नजिकैको सैन्य क्याम्पमा फर्किएका हुन् ।

बुधबार राष्ट्रपतिबाट राजीनामा दिएपछि गिरफ्तारीबाट बच्न उनले देश छाड्न लागेको बताइएको छ। उनीमाथि भ्रष्टाचार र आर्थिक अनियमितताको आरोप छ। जसको कारण श्रीलंका टाट पल्टिने अवस्थामा पुगेको र अहिलेसम्मकै सबैभन्दा खराब वित्तीय सकट आएको आरोप छ।

सन् २००९ मा तमिल विद्रोहीविरुद्ध लडेको गृहयुद्धको रक्तपातपूर्ण अन्त्य हुँदा रक्षामन्त्री रहेका उनीमाथि बेपत्ता र गैरन्यायिक हत्यालगायत युद्ध अपराधको आरोप पनि उनीमाथि छ ।

सोमबार देश छाडेर भाग्ने प्रयास गर्ने उनी एकजना मात्र होइनन् । उनका कान्छो भाइ बसिल राजपाक्ष पनि सोमबार देश छाड्न असफल भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर