श्रीलंकाली राष्ट्रपति गोटाबाया देश छाडेर भागे

चरम आर्थिक संकटको कारण विरोध प्रदर्शनको सामना गरिरहेका श्रीलंकाली राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेका भागेका छन्। श्रीलंकाली सेनाको विमान चढेर ७३ वर्षिय गोटाबाया बुधबार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । गोटाबाया भागेसँगै श्रीलंकामा दशकौं देखि चल्दै आएको एक परिवारिक शासनको अन्त्य भएको छ ।

शनिबार हजारौं प्रदर्शनकारीहरु राजधानीको कोलम्बोस्थित सरकारी निवासमा प्रवेश गरेका थिए । त्यस यता गोताबाया लुक्दै गोप्य स्थानमा लुक्दै आएका थिए । उनले सभामुखलाई बुधबारसम्ममा पदबाट राजिनामा दिने जानकारी गराएका थिए । त्यसअघि नै गोताबाया देश छाडेर भागेका हुन् । गोटाबायाका भाई पूर्व अर्थमन्त्री बासिलले पनि श्रीलंका छाडेको समाचार छ । बासिल अमेरिका पुगेको बीबीसीले जनाएको छ ।

राष्ट्रपतिले देश छाडेर भागेको समाचार आउने वित्तिकै कोलम्बोमा भेला भएका प्रदर्शनकारीले खुशीयाली मनाएका छन् ।राजधानी कोलम्बोमा पछिल्लो प्रदर्शनहरुको केन्द्र बन्दै आएको थियो । मंगलबार साँझ देखिनै हजारौ मानिस गाले पार्कमा भेला भएर राष्ट्रपति गोटाबायाको राजिनामाको प्रतिक्षा गरिररहेका थिए ।

श्रीलंकाली जनता राजपक्षे शासन देशमा आर्थिक संकटका लागि सबैभन्दा बढी जिम्मेवारी ठानेको छ । पछिल्लो केही महिना यता चर्को संकटको सामना गरिरहेको छ । दशकौंपछि श्रीलंकाले चर्को आर्थिक संकटको सामना गरिरहेको छ । श्रीलंकाली नागरिक दैनिक विद्युत कटौति,अत्यावश्यक बस्तुहरु तेल,खानेकुरा र औषधिको अभावको सामाना गरिरहेका छन् ।

श्रीलंकामा बन्ने नयाँ प्रशासनले पक्राउ नगरोस भनेर राष्ट्रपति गोटाबाया राजिनामाको अघि नै श्रीलंका छाड्न चाहेको समाचारहरु आएका थिए । राष्ट्रपति हुँदै उनलाई गिरफ्तार गर्न सकिदैन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *